गृह स्थानीय डोटी प्रदेश सभा सांसद खड्का बिरुद्ध सपथ ग्रहण नगरेको भन्दै उजुरी

डोटी प्रदेश सभा सांसद खड्का बिरुद्ध सपथ ग्रहण नगरेको भन्दै उजुरी

0

सपथ ग्रहण नगरेको भन्दै डोटीमा प्रदेश सभा सासंद भरत वहादुर खड्का विरुद्ध राष्ट्रिय सभा निर्वाचनका लागि गठन भएको निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
राष्ट्रीय सभा निर्वाचन प्रदेश नम्वर ७ को डोटीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा खड्का विरुद्ध उजुरी परेको हो ।

डोटीकै स्थानीय बासीन्दा विष्णा सिंहले खड्काले सपथ ग्रहण नगरेकाले मतदाता नामावलीबाटै नाम हटाईनुपर्ने माग गर्दै उजुरी दिएको निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले सोमवार उजुरी सुचि प्रकाशीत गर्दै खड्का विरुद्ध सपथ ग्रहण नगरेकाले उजुरी परेको उल्लेख गरेको छ । खड्का छोरीको बिबाह भएका कारण आईतवार धनगढीमा भएको सपथ समारोहमा उपस्थीत भएका थिएनन् ।

उजुरी सार्वजनीक गर्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलवार दिउसो ३ बजे सम्म उजुरी खण्डन गर्न आवश्यक प्रमाण पेश गर्न खडकालाई आग्रह गरेको छ । मंगलवार ३ बजे सम्म प्राप्त प्रमाण अनुसार कारवाहीको प्रक्रिया अगाडी बढ्ने निर्वाचन अधिकृत पनेरुले जानकारी दिनुभयो । उहाँले यस्तै उजुरी कास्कीमा राजीव गुरुङ उर्फ दिपक मनाङे विरुद्ध पनि परेकाले निर्वाचन आयोगले दुवै उजुरी हेरीरहेको जानकारी दिनुभयो ।

Exit mobile version