38 C
Mahendranagar
Tuesday, May 14, 2024
spot_img

चक्कु प्रहारबाट एक जना गम्भीर घाईते

धनगढी, साउन २ गते।

कैलालीको गौरीगंगा नगरपालिका ७ मनकापुरमा चक्कु प्रहारबाट एक जना गम्भीर घाईते भएका छन्।

स्थानिय मानबहादुर समैमगर चक्कु प्रहारबाट गम्भीर घाईते भएका हुन्। बुधवार साझ ५ः३० बजे सोही ठाउँ बस्ने नर बहादुर वि.क र उनका छोरा रमेश वि.कले मगरलाई छातिमा चक्कु प्रहार गरेको स्थानिय बताएका छन्।

मगरको अवस्था चिन्ताजनक रहेको छ। मसुरीयामा उपचार सम्भव नभए पछि उनलाई सेती अञ्चल अस्पताल धनगढी ल्याईएको छ।

चक्कु प्रहार गर्ने वि.क का बाबु छोरालाई पक्राउ गरी आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय पठाईएको ईलाका प्रहरी कायालय मसुरीयाले जनाएको छ।

साउने सक्रान्ती मनाउने क्रममा भएको विवादका कारणे उनिहरुले चक्कु प्रहार गरेको स्थानिय बासीन्दाले बताएका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles