30.7 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

सुदूरपश्चिमका गृहबासीको गण्डकीका प्रदेश प्रमुख भट्टसँग भेट

सुदूरपश्चिम प्रदेशको डोटी, जोरायल गाउँपालिकाबाट पोखरा पुगेको भ्रमण टोलीले गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टसँग भेट गरी बधाई ज्ञापन गरेका छन् ।

जोरायल गाउँपालिकाबाट करीब ४५ जना गाउँबासी कृषि अवलोकन भ्रमणका क्रममा पोखरा पुगेका हुन् ।

टोलीमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरासँगै अग्रज तथा ज्येष्ठ नागरिकहरु जय बहादुर हमाल, मान बहादुर मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, गाउँपालिका अन्तर्गतका ६ वटा वडाका अध्यक्षहरु जगत मल्ल, वीरबहादुर दर्लामी, नविन ओझा, नन्दराज भट्ट, ध्वज बहादुर देउवा, गणेश बोहोरा, कार्यपालिका सदस्यहरु, वडाका सदस्यहरु, शाखा प्रमुखहरु, वडाका सचिवहरु, ईञ्जिनियर लगायतका कर्मचारी सहभागी थिए ।

उक्त अवसरमा अध्यक्ष ओझाले ५० वर्ष बढी निष्ठाको राजनीति गर्नुभएका सुदुरपश्चिमका पाका नेतालाई गण्डकी प्रदेशको प्रमुख बनाइँदा समग्र सुदूरकै सम्मान भएको बताउनुभयो ।

सम्बोधनका क्रममा भावुक बन्नुभएका ओझाले लामो राजनीतिक योगदानको कदरस्वरुप प्रदेश प्रमुखको पदमा देख्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो । पालिका अध्यक्ष ओझाले जोरायल गाउपालिकामा यही चैत्र २८ गतेदेखि हुन गइरहेको जोरायल महोत्सवमा महोत्सव उद्घाटनका लागि प्रदेश प्रमुख डिल्लिराज भट्टलाई निमन्त्रणा समेत गरेका छन् ।

उपाध्यक्ष बोहरा बधाई ज्ञापन कार्यक्रममा हर्षको आँशु झार्दै सुदूरपश्चिमका धरोहरलाई आज गण्डकीमा यो पदमा देख्न पाउँदा खुशीको सीमा नाघेको बताउनुभयो ।

प्रदेश प्रमुख भट्टले सम्मानका लागि आभार व्यक्त गर्दै गाउँठाउँबासीलाई सामुन्ने देख्न पाउँदा अत्यन्त सन्तोष लागेको बताउनुभयो

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
Captcha verification failed!
क्याप्चा प्रयोगकर्ता स्कोर असफल भयो। कृपया हामीलाई सम्पर्क गर्नुहोस्!

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles