अबैध रुपमा हुण्डीको कारोवार गर्नेहरु पक्राउ

काठमाडौं, २२ जेठ:

काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गर्ने कार्यमा संलग्न ७ जनालाई सोमबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ११ थापाथलिका २९ बर्षीय राहुल राय अग्रवाल, सिन्धुपाल्चोक बलेपी-८ घर भई हाल स्युचाटार काठमाडौं बस्ने ३१ बर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ५२ बर्षीय शिव कुमार साङतानी, भारत मुम्वई घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ४६ बर्षीय अरुण सावरथिया, भारत दिल्ली घर भई ज्ञानेश्व र काठमाडौं बस्ने ३८ वर्षीय रविन्द्र चोखानी र ४७ वर्षीय राज कुमार सिघान्ची तथा भारत राजस्थान घर भएका ५२ वर्षीय जगदिश राना सरिया रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ५१ लाख ४ हजार ५ सय रुपैयाँ, ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानव्बे रुपैयाँको बैंक चेक, मोबाईल, ल्याप्टप तथा WhatsApp तथा WeChat मा गरिएको हुण्डीको कारोवार बिवरण र हुण्डी कारोबार गरिएको लेजर तथा कागजातहरु बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version