बैकिङ कसुरका अभियुक्त पक्राउ

काठमाडौं, १५ असार ।

सामुदायिक लघुवित्त वित्तिय संस्था साँगा, काभ्रेको संचालक समिति र तत्कालिन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा नियम बिपरीत निर्णय गराई रकम प्रबाह गरी वित्तिय संस्थालाई २ करोड ५० लाख भन्दा बढी हानी नोक्सानी पुर्‍याउने संचालक समितिका अध्यक्ष, तत्कालीन सिइओ लगायत चार जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संचालक समितिको अध्यक्ष पाल्पा तानसेन नगरपालिका–४ भई हाल टोखा नगरपालिका–९ गोंगवु बस्ने ५७ वर्षीय हिरा बिश्वकर्मा , संचालक समितिका सदस्यहरु काठमाडौं महानगरपालिका–२२ खिचापोखरी बस्ने ६५ वर्षीय चण्डेश्वरी प्रधान, ललितपुर गोदावारी नगरपालिका–१२ ठेचो बस्ने ५१ वर्षीय बटुकृष्ण कार्की र तत्कालिन सिइओ ललितपुर उपमहानगरपालिका–१४ खुमलटार बस्ने ६५ वर्षीय स्वयम्भु राम जोशी रहेका छन् ।

उनीहरुलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान भईरहेको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version