अछाम : पानीघट्टबाट मनग्य आम्दानी

मुसिकोट, असोज ३ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् । खोला किनारमा निर्माण गरिएका पानीघट्टमार्फत घरव्यवहार चलाउन सहयोग पुगेको छ ।

थोरै रकम र कम मेहनतले नै पानीघट्टबाट फाइदा लिन सकिने स्थानीयवासी निर्मल चन्दले बताउनुभयो । पानीघट्टको आम्दानीले बालबालिकाको पढाइ लेखाइमा समेत सहयोग पुगेको उहाँको भनाइ छ ।

अछामका पानी घट्ट

एक दशक अघिदेखि घर नजिकै पानीघट्ट सञ्चालन गर्नुभएका सेरमान खड्का सोचेभन्दा बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ । “पानीघट्टकै आम्दानीले घरखर्च चलाउन सजिलो भएको छ,” उहाँले भन्नुभयो ।

यहाँका पानीघट्टमा गहुँ र मकै पिसानी गरेबापत घट्ट सञ्चालकलाई सोअनुसारको पीठो दिने प्रचलन छ । पानीघट्टमा दैनिक २० पाथीभन्दा बढी मकै र गहुँ पिस्ने गरिन्छ । पानीघट्टकै आम्दानीबाट कतिपय घट्ट सञ्चालकले गहुँ र मकै बिक्री गर्ने गरेका छन् ।

नगदेबाली तथा तरकारी उत्पादनका हिसाबले त्रिवेणी गाउँपालिकाको मुरु र पेउघालाई पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । वडा नम्बर ७, ८, ९, र १० का झण्डै एक हजार ८०० घरधुरीले यहाँका पानीघट्टमा गहुँ, मकै र कोदोलगायत अन्न पिस्ने गरेका छन् । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version