नब वर्ष २०७४ को हार्दिक शुभकामना Missing Someone

तिमीले भने जस्तो
हिउँले सेताम्य भएका रुखका चित्र कोर्छु
तिमी नियाल्न आउछौ कि
तिम्रा कविता सुन्न तिमीलाई बोलाउछु
आफ्न काब्य लिएर तिमी आउछौ कि
धेरै भो तिमी र मैले संगै
बिटल्स् र नेपथ्य नसुनेको
आज कफी पिउदै संगीत
सुन्ने निमन्त्रण पठाउछु
तिमी आउछौ कि
युगौ भैसकेछ तिमी र म संगै नहिडेको
गहुँका कलिला बिरुवा मन्द मन्द हावासंगै झुमिरहेछन
त्यो गोरेटो बाटो अनि
खोल्साको पानी
तिम्रो र मेरो बाटो हेरिरहेछन
म कागजको डुंगा बनाउछु
अलिकती मकै अलिकती भट्मास् भुटेर तिम्रो गोजिमा राख्ने छु

तिम्रो यादै याद मा १ बर्ष फेरी गयेछ

 

नब वर्ष २०७४ को हार्दिक शुभकामना
Happy new year 2074 missing-someone
Happy new year 2074 missing-someone
अघिल्लो लेखमा
अर्को लेखमा
Exit mobile version