फेसबुकमा माया बसेर होटलमा भेट्न जादा महिला आफ्नै श्रीमती परेपछि

काठमाडौँ । फेसबुकले कसैको घरबार बसाउछ त कसैको घरबार उजाड्छ । यस्ता घटनाहरु त हामीले धेरै नै सुनेका छै तर फेसबुकबाटै एउटा यस्तो घटना भएको छ । यो घटना कुवेतमा भएको हो ।

कुबेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो ।

पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्। श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहेको आशंका श्रीमतीले नै यो बहाना रचेकी थिइन् ।

फेसबुकमा माया

त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे । तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पुग्यो । अहिले श्रीमती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा लागेकी छन्।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version