“Superstar” – गिरिश खतिवडा र सोना अमात्यको नया म्युसिक विडियो सार्बजनिक

नेपालमा -याप म्युसिक को सुरुवात गर्नेमध्येकै पहिलो संगीतकार/गायक गिरिश खतिवडा र सोना अमात्यको नया गित YouTube मा सार्बजनिक गरियको छ।

Ma Yasto Chhu

गायिका सोना अमात्यले चर्चित -यापर गिरिश खतिवडा र तिब्र -यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार‘ सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको यस गितमा खतिवडा संगै ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन्। भारतीय चर्चित निर्देशक विशाल खरातले निर्देशन गरेका उक्त भिडियो नेपाली दर्शकको लागि खास बन्न सक्छ।

निर्देशक खरातले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । गितको भिडियोलाई आलोक शुक्लाले छायांकन र विशाल खरातले सम्पादन गरेका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन व्यवस्थापन गरेको भिडियोको ग्रेडिङ सीएएच फोर स्टुडियोले गरेको छ ।

Superstar-Sona Amatya Ft. Girish Khatiwada & Bullet Flow |Official Music Video lNew Nepali Rap 2024l

फुल सर्कल को प्रस्तुति रहेको यस गितको भिडियोमा इश्वर बल्लभ उप्रेतीको निर्माण संयोजक, प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी रहेको यस गितमा गायिका सोना अमात्य, चर्चित -यापर गिरिश खतिवडा र तिब्र -यापरको बुलेट फ्लोको अभिनय देख्न सक्छौ ।

सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले दर्शक श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन्।

गितको भिडियोलाई सोना अमात्यको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

This post is guest post from Digital Khabar Pvt. Ltd. as received in email. Except heading the content of this post are as received.

Exit mobile version