TikTok मा एक बर्ष अघि लागेको प्रतिबन्ध हटाइयो

काठमाडौं, भदौ ६

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार वटा सर्तहरु समेत पालना गर्नुपर्ने सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको बताए । निर्देशिका टिकटकसहित सबै सामाजिक सञ्जालका लागि लागु हुने र टिकटकले उक्त निर्देशिकाबाहेक पनि चार वटा सर्तहरु पूरा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ ।

‘हामीले यी सर्तहरु राख्दा टिकटकले स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगतरुपमा टिकटक खुला गरिएको छ,’ उनले भने । सामाजिक सद्भाव भड्काएको भन्दै २०८० असोज २७ गते तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

मन्त्री गुरुङका अनुसार अब टिकटकमात्रै नभई सबै सामाजिक सञ्जालहरुले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्रीहरु प्रसार गर्न पाउने छैनन् । ‘सरकारले जारी गरेको जुन निर्देशिका छ, त्यसमा उल्लेखित नियम सबै सामाजिक सञ्जालहरुले मान्नुपर्छ । कुनै पनि सामाजिक सञ्जालहरुले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन्,’ उनले भने ।

श्रोत कान्तिपुर

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version