हृदयघातबाट सुपरस्टार भारतीय अभिनेत्री श्रीदेवीको दुवईमा निधन

भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ । फ्रेब्ररी २५ शनिवार राति ११:०० देखी ११:३० बीचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् । बोनी कपुरकी दोश्री श्रीमती श्रीदेवीका जान्हवी र खुशी दुई छोरी छन् ।

भारतीय संचारमाध्यमहरका अनुसार उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् । हिम्मतवालाको ‘नैनो में सपना’, मिस्टर इन्डियाको ‘हावा हवाइं’, नागिनाको ‘मै तेरी दुश्मन’, चाँदनीको ‘मेरे हाथो मैं नौ नौ चुडीयाँ’, आदि फिल्मी नृत्यमा श्रीदेवी निकै चर्चित छिन् ।

Exit mobile version