भारतको उत्तराखण्डमा बस दुर्घटनामा ४८ जनाको मृत्यु, १२ जना घाइते

भारत, असार १७ ।

भारतको उत्तरी क्षेत्रको उत्तराखण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् ।

“दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते भएका छन्,” एक जना प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले भन्नुभयो ।

उहाँले घटनाका बारेमा खवर पाउने वित्तिकै उद्धार तथा सहयोगी टोली घटनास्थलमा पुगेर उद्धार गरेको पनि एएफपीलाई जानकारी दिनुभयो ।

– (रासस/एएफपी)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version