साउन २२
भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको मङ्गलबार राती निधन भएको छ। देश विदेशमा रहने भारतीयहरुका लागि उनको विदेशमन्त्री छदाको कार्य योगदान महत्वपूर्ण रहेको थियो।
मंगलबार राति दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। उनलाई मुटुसम्बन्धी समस्या भएपछि हिजो साझ साढे नौ बजे तिर अस्पतालमा भर्ना गरिएको थियो र भारतीय समय अनुसार रति ११:२४ बजे उनको निधन भएको अस्पताल श्रोत ले जानकारी दिएको छ।
स्वराजको सन् २०१६ मा मृगौला प्रत्यारोपण गरियको थियो। स्वास्थ्य समस्या लाई मध्यनजर गर्दै उनले सन् २०१९ को चुनाब मा उम्मेदवारी नलिने निर्णय गरेकी थिइन। उनकी एक छोरी बाँसुरी लण्डनमा वकालत गर्छिन।
उनको अन्तिम ट्वीट कश्मीर सम्बन्धि भारत सरकारद्वारा गरिएको फैसलाको समर्थन र भारतीय प्रधानमन्त्री प्रति कृतज्ञता थियो र उनकै सब्दमा “उनलाई जीबनभरि यस फैसलाको प्रतिक्षा थियो ” ।
प्रधान मंत्री जी – आपका हार्दिक अभिनन्दन. मैं अपने जीवन में इस दिन को देखने की प्रतीक्षा कर रही थी. @narendramodi ji – Thank you Prime Minister. Thank you very much. I was waiting to see this day in my lifetime.
— Sushma Swaraj (@SushmaSwaraj) August 6, 2019
स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिने जनाइएको छ। त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट गरेर स्वराजप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस।