प्रदेश नम्बर ७ को पहिलो बैठक सुरु

माघ २१ गते ।

प्रदेश नम्बर ७ को प्रदेशसभा पहिलो बैठक सुरु भएको छ । तोकिएको समयभन्दा आधा घण्टा ढिलो गरी प्रदेश संसद सञ्चालन हुने जिल्ला समन्वय समितीको सभा हलमा प्रदेशसभाको पहिलो बैठक सुरु भएको हो ।पहिलो संठकको अध्यक्षता जेष्ठ सदस्य दिव्यश्वरी शाहले गर्नुभएको छ ।

कार्य सूची अनुसार प्रदेशसभाको पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार दलका तर्फबाट प्रतिनिधित्व गर्ने एक–एक जना सांसद बोल्नछन । प्रदेश नम्बर ७ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा गरी चार पार्टीका ५३ जना प्रदेश सभा सदस्य रहेका छन ।

Exit mobile version