दार्चुलाको महाकाली नदीमा लगाइएका तुइन अझै विस्थापित भएनन्

दार्चुला फागुन ०५ गते

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि दार्चुलाका बासिन्दाले तुईन विस्थापित हुने आशा गरेका छन । यसअघि प्रधानमन्त्री भएका बेला पहिलो बैठकमै ओलीले देशभरका तुईन हटाउने घोषणा गरेपनि दार्चुलाको महाकाली नदी माथिका तुईन अझै हटेका छैनन । दार्चुला सदरमुकाम खलंगादेखि माथि महाकाली नदीमा आधा दर्जन बढी तुइन अहिले पनि चालु रहेका छन ।

ब्यास गाउँपालिकाका, कालागाड, स्याकु, नाजी, डोकट, बर्तीघाट र माल लगायतका ठाउँहरूमा तुइन लगाएर जोखिम मोलेर अहिले पनि महाकाली तनुपर्ने बाध्यता रहेको छ । ब्यास गाउँपालिका २ राप्लाका कमान बुढाथोकीले केपी ओलीको सरकार बनेपछि तुईन विस्थापित हुने आशा पलाएको बताउनुभयो ।

तुइन विस्थापन कार्यक्रम अन्तर्गत महाकाली नदीमा कालागाड, बडुगाउँ र बसेडी, तिगरम, नाजी, मलघट्या, बर्तीघाट, मालघाट, बाकु र लालीमा पूल निर्माण गरिने उल्लेख थियो तर अहिले सम्म पनि भारतले ती क्षेत्रमा पुल निर्माणमा सहमति जनाएको छैन ।

Exit mobile version