कैलालीको गोदावरीमा बस दुर्घटना, २४ घाइते, तीन जनाको अवस्था गम्भीर

धनगढी फागुन ०५ गते
कैलालीको गोदावरी नगरपालिका १ मा शनिवार भएको बस दुर्घटनामा परी २४ जना घाइते भएका छन् । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार टिकापुरबाट धनगढी आइरहेको कर्णाली रिभर यातायातको ना ४ ख ८६३६ बस पाठक पेट्रोल पप्प नजिक दिउसो पौने २ बजे दुर्घटना भएको थियो ।

दुर्घटना परी घाइते भएका ४ जनालाई समान्य उपचार पछि घर फर्काइएको र बाजुराको बुढिनन्दा २ का ५९ वर्षिय विष्णु जोशीको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जोशीको बाँया खुट्टामा समान्य चोट रहेको छ ।

तिव्र गतिमा रहेको बस एक्कासी ब्रेक लगाउदा दुर्घटनामा परेको हुनसक्ने ईलाका प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो ।

Exit mobile version