हत्या आरोपिलाई बचाउन खोजेको भन्दै टीकापुरका मेयरको घर घेराउ, ठूलो संख्यामा प्रहरी परिचालन

टीकापुर ।
हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरिएको छ। मृतक परिवार र स्थानीयबासीले आइतबार दिउँसो टीकापुर १ स्थित मेयर रावल घर अगाडि प्रदर्शन गरेका हुन्।

बिहीवार राति विभत्स हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्यारा मेयरको आफन्त भएको र जोगाउन खोजेको भन्दै स्थानीयले मेयरविरुद्ध प्रदर्शन थालेका हुन्।

मेयरको घरअघि करिब ३ हजार भन्दा बढीको भिड लागेको छ। सुरक्षाका लागि ३/४ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

Exit mobile version