टीकापुरका युवाको हत्यामा संग्लनलाई प्लेन चढाएर धनगढी

धनगढी फागुन २२ गते ।

कैलालीको टीकापुरका करन थापाको हत्यामा संलग्न रहेको आरोपमा काठमाडौबाट पक्राउ परेका दुई युवकलाई आज हवाई जहाँज चढाएर धनगढी ल्याईएको छ ।

मंगलवार काठमाडौको बालाजुबाट पक्राउ परेका टिकापुरका सन्दीप रावल र सागर पाण्डेयलाई आज हवाई जहाँज मार्फत धनगढी ल्याइएको कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले जानकारी दिए ।

प्रारम्भीक बयानमा उनिहरुले हत्या गरेको स्वीकार गरेका प्रहरी श्रोतले जनाएको छ । हत्यामा प्रयोग भएको खुकुरी फेला पार्न नसकिए पनि घटनाका केहि महत्वपुर्ण प्रमाण फेला पारेको प्रहरीले जनाएको छ ।

आज हवाई जहाँज मार्फत धनगढी ल्याएको दुबै जनालाई भोली म्याद थपका लागि अदालतमा पेस गरीने प्रहरी उपरिक्षक घिमिरेले बताए ।

Exit mobile version