बैतडीमा कोहलपुरका १९ बर्षिय श्रेष्ठको माटोको ढिस्कोले पुरिएर मृत्यु

बैतडी,२७ फागुन-
माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर,रैनाखोलाका १९ बर्षिय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गएराती ९ बजे दशरथचन्द नगरपालिका २ हल्लेक– कुणीभिटा ग्रामिण सडक निर्माण गरिरहेका बेला एक्कासी माथीवाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको छ ।

प्रतिघण्टाको हिसावले पारिश्रमिक पाईने भएकाले राती पनि सडक निर्माणको काम गरेको हुनसक्ने प्रहरीले जनाएको छ। स्काभेटर प्युठान झुमितका २९ बर्षिय डम्बर नगरकोटी स्काभेटर चलाईरहेका थिए।

Exit mobile version