रुकुम – सांसदको नाम दर्ता गरेर स्वास्थ्य बिमा कार्यक्रम उद्घाटन

रुकुम
सरकारले केहि बर्ष अघिदेखि शुरु गरेको स्वास्थ्य विमा कार्यक्रममा रुकुममा पनि उद्घाटन गरिएको छ । सदरमुकाम मुसिकोटमा एक औपचारिक कार्यक्रममा बिच कर्णाली प्रदेश सांसद गोपाल शर्माको नाम दर्ता र परिचय पत्र प्रदान गरेर स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात गरेको हो । उद्घाटन कार्यक्रममा सांसद शर्मा सगै मुसिकोट नगरपालिकामा प्रमुख देबिलाल गौतम, जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्मा र मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरबल केसी गरि ४ जनालाई स्वास्थ्य बिमामा नाम दर्ता सगै परिचय पत्र प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सांसद गोपल शर्माले स्वास्थ्य बिमा कार्यक्रमम रुकुममा पनि शुरु भएर सरकार दुरदराजका गरिब जनताको पक्षमा छ भन्ने गतिलो उदाहरण प्रस्तुत भएको बताए ।

जनताप्रति उत्तरदायी सरकार जनताको कम्तिमा पनि आधारभुत आवश्यकता र अधिकार प्रति सचेत हुनुपर्ने भन्दै स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा यो कार्यक्रम मार्फत सानो रकम तिरेर बाँकी राज्य आफैले जनताको स्वास्थ्य अधिकारको जीम्मा लिए सरह भएको उनको भनाई थियो । स्वास्थ्य बिमा कार्यक्रम मार्फत पाँच जना सम्मका जुनसुकै परिवारले पनि बर्षमा २५ सय जम्ममा गरेर स्वास्थ्य बिमा भरेमा एक बर्षको अवधीमा परिवारका कुनै पनि सदस्यहरु बिरामी भएर उपचार गराउनु पर्दा ५० हजार सम्म छुट दिने उल्लेख छ । त्यस्तै पाँच जना भन्दा बढी परिवार संख्या भएको परिवारले २५ सयमा थप परिवारको संख्या हेरि प्रति परिवार संख्या थप ४ सय २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने बिमा पाउँदा पनि थप ५० हजारमा १० हजार सम्म छुट पाईन्छ । जिल्ला प्रत्येक स्थानीय तह र वडाहरुमा दर्ता कर्मचारी खटाएर अभियानकै रुपमा स्वास्थ्य बिमा गरिने स्वास्थ्य बिमा बोर्ड कर्णाली प्रदेशका प्रमुख अर्जुन पण्डितले बताए । स्वास्थ्य बिमा कार्यक्रमले जनताको स्वास्थ्य सुधारमा महत्वपुर्ण भुमिका खेल्ने र दर्ता शुल्क समेत नहुने अतिगरिब परिवारका लागि स्थानीयहरुले रकम जम्मा गरिदिएर बिमा कार्यक्रममा समेटिने योजना पनि बनाईएको छ ।

रुकुमका केहि स्थानीय तहले अतिगरिबहरुका लागि रकम जम्ममा गरिदिएर निशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने निर्णय समेत गरिसकेका छन । रुकुमको सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाले पनि यसबर्ष ५ जना कति गरिब परिवारलाई निशुल्क नाम दर्ता गर्ने नगरपालिकाका प्रमुख देबिलाल गौतमले जानकारी दिए । स्वास्थ्य बिमा कार्यक्रम जिल्ला सदरमुकाम आसपासमा मात्र नभएर रुकुम पुर्ब र पश्चिमका सबै क्षेत्रमा गाउँगाउँमा पुगेर दर्ता गर्नुपर्ने कार्यक्रमका सहभागीहरुको सुझाब रहको थियो । जिल्ला र प्रत्येक स्थानीय तहमा सामाजिक स्वास्थ्य सुरक्षा समिति गठन गरेर काम प्रभावकारी तरीकाले संचालन हुने सामाजिक स्वास्थ्य सुरक्षा समिति रुकुमले जनाएको छ । गाउँ तथा नगरपालिकाका प्रमुखको नेतृत्वमा सरोकारवाला समितिको ७ सदस्यीय समिति मार्फत यो कार्यक्रम गाउँगाउँमा पुग्ने जिल्ला संयोजक भरत खड्काले बताए । उनका अनुसार दर्ता कर्मचारी जनताकै घरघरमै गएर स्वास्थ्य बिमा अभियान संचालन हुने छ ।

Exit mobile version