बाजुरा – पत्रकारको पहलमा ७१ वर्षकी सपना वादीले नागरिकता पाईन्

वाजुरा, १९ वैशाख

बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । बिहे लगत्तै श्रीमानको मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।

साविक गाविस र हालको नगरपालिकालाई जानकारी गराए पनि कसैले नागरिकताको पहल नगरेको गुनासो सुनाउँदै सपनाले पत्रकारलाई जानकारी गराएपछि नागरिकता पाएको बताईन् ।

सपनाको नागरिकताका लागि नगरपालिका, प्रहरी प्रशासनसँग सहकार्य गरी नागरिकता बनाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहको पहलमा सपना बादीले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

अर्काको छाप्रोमा बस्दै आएकी सपनालाई पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र ईन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले नागरिकता बनाउन यातायात खर्च समेत सहयोग गरेको सपना बादीले बताईन् ।

सपनाले बूढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भवनसिं केसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएकी हुन् ।

Exit mobile version