हिजो चलेको भिषण हुरीले कैलालीमा ठुलो क्षती, गौरीगंगामा एक जनाको मृत्य

धनगढी, ३१ बैसाख ।

, ३१ बैसाख ।

कैलालीमा गएराती चलेको भिषण हुरीले ठुलो क्षती पुगाएको छ। राती चलेको हुरीले जिल्लाका बिभिन्न ठाउमा स्थानिय वासिन्दाका घरका छाना उडाएको छ भने रुखहरु ढल्दा सडकको यातायात अबरुद्ध भएको छ। धनगढी बजारमा रहेका बिभिन्न पसलका टिनका छानाहरु हुरीले उडाएको छ ।

धनगढीका बिभिन्न स्थानमा पनि रुखहरु ढलेका छन। यस्तै हुरीले बिद्युतका पोलहरु ढालेपछि बिद्युत सेवा अबरुद्ध भएको छ भने कतिपय ठाउमा नेपाल टेलिकमको टेलिफोन सेवा समेत अबरुद्ध भएको छ। स्थानिय वासिन्दाहरुले गएराती चलेको हुरीलाई दशकौपछिको ठुलो हुरी भएको बताएका छन।

कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हुरी बतासले पुगाएको क्षतीको बिवरण संकलन भईरहेको जानकारी दिए। भौतिक संरचनामा ठुलो क्षती भएको बताए।

गौरीगंगा नगरपालिकामा घरमाथी रुख ढल्दा एक जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

केहि संचार माध्यमहरुका टावर ढल्नुका साथै उपकरणहरुमा क्षती पुगेको उनले जानकारी दिए। धनगढीमा रहेको रेडियो धनगढीको टावर पनि हुरीले ढालेपछि रेडियोको प्रसारण अबरुद्ध भएको स्टेशन प्रमुख हरि जोशीले जानकारी दिए।

Exit mobile version