बस दुर्घटनामा ३ जना घाइते

धनगढी जेठ ०१ ।

पुर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको गौरीगंगा नगरपालिका ०८ मा आज भएको बस दुर्घटनामा ३ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाण्डौँ जादै गरेको मालिका यातायातको ना ५ प ३३७३ नम्बर बस गौरागंगा नगरपालिका ०८ मा रहेको कालिरक्षा गण नजिकै दुर्घटनामा परेको हो ।

घाइतको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

३३ जना सवार रहेको बस के कति कारणले दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । बस चालक भने फरार रहेका छन्

Exit mobile version