धादिङमा ट्रक दुर्घटना, एकको मृत्यु

मलेखु, धादिङ, जेठ ३ गते ।

कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबँेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको छ ।

अन्य चार जना घाइतेमध्ये दुईजनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुईजनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

Exit mobile version