आमा सरीकी महिलासँग शारिरिक सम्पर्क राख्ने वोर्डिङ स्कुलका प्रिन्सिपल प्रहरी खोरमा

धनगढी जेठ २०।

नाती नातिना भएकी छिमेकी महिलासँग शारिरिक सम्पर्क राख्ने धनगढीको एक बोर्डिङ स्कुलका प्रिन्सिपल प्रहरीको खोरमा पुगेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीको ब्रम्ह एकेडेमीका प्रिन्सिपल चन्द्रबहादूर साहु छिमेकी महिलासँग शारिरिक सम्पर्क गरिरहेका बेला रंगेहात पक्राउ परेपछि प्रहरीको खोरमा पुगेका हुन्। उनीसँग शारिरिक सम्पर्कमा संलग्न महिलालाई पनि गाउँलेहरुले पक्राउ गरी प्रहरीलाई वुझाएका छन्।

महिलाको घरमै गएर शारिरिक सम्पर्क गरिरहेको फेला पारेपछि गाउँलेले दुवै जनाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताएका छन्। अहिले प्रिन्सिपल चन्द्रवहादुर साहु र महिला मिना बोहरा नाम परिवर्तनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको छ। उनीहरु विरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए।

शनिवार दिउसो रंगेहात पक्राउ परेका दुवै जनालाई कारवाहीको माग गर्दै आईतवार कनरीबाट सयौ मानिसहरु जिल्ला प्रहरी कार्यालय कैलालीमा आएका थिए। उनीहरुले बोर्डिङ स्कुलको सञ्चालक तथा प्रिन्सिपल भएर पनि समाजमा उछ«ङखल काम गरेको भन्दै साहुलाई र महिलालाई पनि कारवाहीको माग गरेका छन्।

विवाहित प्रिन्सिपल साहुले नाति नातिना समेत रहेकी ती महिलासँग लामो समयदेखि शारिरिक सम्पर्क राख्ने गरेको वताईएको छ। दुवै जनालाई यसअघि पनि पटक पटक त्यस्तो नगर्न सम्झाई बुझाई गरेको तर उनीहरुले नमानेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएको गाउँलेहरुले वताएका छन्।

दुवै जनालाई कारवाही हुनुपर्ने माग राख्दै महिलाका श्रीमान र छोराछोरी पनि जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका थिए ।

Exit mobile version