अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सामान बरामद

धनगढी, जेठ २१।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कैलालीले भारतबाट भन्सार छलि अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सामान बरामद गरेको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ९ बंग्राकटान बाट अबैध रुपमा भन्सार छलि ल्याईरहेको अवस्थामा सामान बरामद भएको हो ।

७४ हजार ४ सय रुपैयाको सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

८५ ओटा बच्चाका खेलौना, ७० किलो चिन, २० किलो सोडा, ६० ओटा साबुन, ४८ वटा जग, ५१ वटा चप्पल र १ सय ३७ किलो खुर्सानि बरामद गरेको हो।

बरामद गरेको सामान आवश्यक कारवाहिको लागी कैलाली भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कैलालीले जनाएको छ।

Exit mobile version