सुन तस्करीमा सहभागी बाराका शिव कुमार सराफ पक्राउ

काठमाडौं।

६०।७१६ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। प्रहरीले बारा जिल्लाका शिवकुमार सराफलाई पक्राउ गरेको हो ।

सराफलाई शुक्रबार बाराबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले जानकारी दिए।

सुन काण्डमा सराफको भुमिका के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सराफलाई म्याद थपका लागि शुक्रबार नै अदालत उपस्थित गराउने तयारी रहेको छ।

अरुण भट्ट
अरुण भट्ट
बिगत १५ बर्ष देखि विभिन्न सन्चार माध्यम हरुमा संलग्न पत्रकार। हाल प्रेस सेन्टर नेपाल को कन्चनपुर शाखा को अधक्ष्य।
Exit mobile version