भारत लैजादै गरेका १८ जना वालवालिकाको भारतीय SSB द्वारा उद्धार, सबैजना अछामका, दुइ जना पक्राउ

कञ्चनपुर जेठ २४।

कञ्चनपुरको गड्डाचौकी बाट काम गर्ने बाहनामा भारत लैजादै गरेका १२ जना नाबालक र ६ जना नाबालिका लाई प्रहरीले उद्धार गरेको छ।

अछामको ढकारी गाउपालिका वार्ड नम्बर ७ बाट काम गर्ने बाहनामा भारत लैजादै गरेका वालवालिकाको भारतीय सिमा सुरक्षा वल एसएसबि को सहयोगमा उनिहरुको उद्धार गरिएको हो।

यस्तै १२ जना नाबालक र ६ जना नाबालिकालाई भारत लैजादै गरेका सोही ठाउँका ५३ बर्षिय राम बहादुर बुढा र ५८ बर्षिय रतन विकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेठीले बताए।

उद्धार गरिएका सबै वालवालीका १३ वर्ष भन्दा माथिका रहेको प्रहरीले जनाएको छ।

वालवालिकालाई सुरक्षाका लागि माइती नेपाल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेठीले बताए।

– राजेन्द्र अवस्थी

Exit mobile version