गाई हत्या आरोपमा दुई जना पक्राऊ

धनगढी,असार १५ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरमा गौ हत्याको आरोपमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले दुई जनालाई पक्राउ गरेको छ ।

गोकुलेश्वरको नायलको चौलानी नदी किनारमा गाईलाई ढुंगा हानेर मारेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका ९ का ६० वर्षीय देव महर र बैतडी जिल्ला डिलाशैन गाउँपलिका १ का ६७ वर्षीय चन्द भुललाई पक्राउ गरेको हो ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version