बैतडीको दशरथचन्द नगरपालिका साक्षर घोषणा

बैतडी,२३ असार ।

बैतडीको दशरथचन्द नगरपालिकालाई एक कार्यक्रमका साथ साक्षर नगरपालीका घोषणा गरीएको छ ।

नगरपालिका भित्र रहेका १५ देखी ६० वर्ष उमेर समुहका कुल १९ हजार ६ सय ५३ जना मध्ये १८ हजार ९ सय ६ जना साक्षर भएकोले कार्यक्रमका बिच नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरीएको हो ।

यो साक्षर भएको कुल ९६.१९ प्रतिशत जनसंङख्या हो । राष्ट्रिय साक्षरताको मापदण्ड अनुसार १५ देखी ६० वर्ष उमेर समुहका ९५ प्रतिशत माथी जनसङख्या साक्षर भएमा साक्षर घोषणा गर्न सकिन्छ ।

बैतडी जिल्लालाई केही दिनमै साक्षर जिल्ला घोषणाको तयारी भैरहेको छ । नगर प्रमुख नरेन्द्र सिहं थापाको अध्यक्षतामा भएको साक्षर घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थी विशिष्ठ अतिथी रहनुभएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख मोहन नाथले बताउनुभएको छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version