बझाङमा ससुराली जान लागेका दुई जना मृत फेला

बझाङ, २९ असार ।

बझाङमा दुई जना मृत फेला परेका छन् ।

दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ वर्षीय सुरेन्द्र विक र सोही गाउँका १७ वर्षीय विमल मिजार मृत अवस्थामा फेला परेका प्रहरी प्रहरीले जनाएको छ ।

घरबाट ससुराली घर जाने भन्दै हिँडेका दुवै जना दुर्गाथली गाउँपालिकाको पिपलढोसा भन्ने ठाउँमा मृत फेला परेको प्रहरीको भनाई छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए ।

मृतक सुरेन्द्र विकको टाउकोबाट गिद्धी निस्किएको छ भने विमल मिजारको हात भाँचिएको छ ।

Exit mobile version