वर्षमा १ सय ५ पटक बजार अनुगमन : एउटा पनि गुणस्तरहीन वस्तुको कारोबार गर्ने व्यवासायी कारवाहीमा परेनन्

धनगढी, साउन १० गते ।

मौसमी बजार अनुगमनको आरोप खेप्दै आएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गत वर्ष १ सय ५ पटक बजार अनुगमन गरेपनि प्रतिकुल वस्तुको कारोबार गर्ने कुनै पनि व्यवसायी विरुद्ध मुद्धा चलाउन सकेको छैन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमनका क्रममा प्रदेश ७ का पाँच वटा जिल्लाबाट २ सय ४० खाद्य वस्तुका नमुना संकलन गरेकोमा १० नमुना प्रतिकुल देखिएको जनाए पनि त्यस्तो वस्तुको कारोबार गर्ने एक जना व्यवसायी विरुद्ध पनि मुद्धा दर्ता गर्न सकेको छैन् ।

मौसमी बजार अनुगमन गर्दै आएको  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कडाई नगर्दा बजारमा अझै पनि गुणस्तरहीन वस्तुको कारोबार रोकिन सकेको छैन् ।

कार्यालयले अनुगमनका क्रममा पाँचवटै जिल्लाबाट संकलन गरेका २ सय ४० नमुना मध्ये १० नमुना गुणस्तरीहन देखिएको जनाएपनि त्यस्ता वस्तुको कारोबार गर्ने कुनै पनि व्यवसायी विरुद्ध मुद्धा चलाईएको छैन् ।

क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले गत वर्षसम्म बजार अनुगमनका क्रममा गुणस्तरहीन खाद्य वस्तुको कारोबार गरेको भेटिएका १४ जना व्यवसायी विरुद्ध भने सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको दावी गरे । जसमा सबैभन्दा बढि कञ्चनपुरमा ८, कैलालीमा ५ र बझाङका १ व्यवसायी विरुद्ध मुद्धा दर्ता गरिएको छ ।

तर मुद्धामा सम्बन्धीत व्यवसायीलाई कारबाही भयो की भएन भन्ने कुरा स्वयम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई छैन् ।

औपचारिकता पूरा गर्न मात्र बजार अनुगमन गर्ने तर गुणस्तरहीन वस्तुको कारोबार गर्ने व्यवसायीलाई खाद्य ऐन अनुसार कारवाही गर्न भूमिका नखेल्ने परिपाटीका कारण बजारमा गुणस्तरहीन वस्तुको कारोबार रोकिन सकेको छैन् ।

अझ प्रदेशका ४ जिल्ला बैतडी, अछाम, बाजुरा र दार्चुलामा त खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले औपचारिकता पूरा गर्नकै लागि भएपनि अनुगमनका कार्यक्रम नै गरेको छैन् ।

Exit mobile version