शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ पाटे बाघको संख्या वढ्दै

धनगढी, १४, २०७५ ।

क्षेत्रफलका हिसाबले सानो क्षेत्रमा धेरै बाघको वासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ पाटे बाघको संख्या वढ्दै गएको छ ।

पछिल्लो ९ वर्षमा बाघको संख्या दोब्बर वढी पुगेको छ ।

सन १९६० मा बागको पञ्जाको छापबाट बाघ गणना गरिदै आएकोमा पछिल्ला वर्षहरूमा आधुनिक क्यामेराबाट बाघ गणना भईरहेको छ ।

सन २००९ मा गरेको बाघ सर्वेक्षणमा शुक्लाफाँटामा बाघको संख्या १० थियो ।

सन् २०१३ मा यो संख्या वढेर १७ पुगेको छ । सन् २०१७ मा भएको बाघ गणना अनुसार पनि शुक्लाफाँटामा बाघको संख्या वृद्धि भएको छ । तर हरेक चार चार वर्षमा हुने बाघ गणनाको यसपालीको संख्या भने सार्वजनिक गरिएको छैन् ।

सन् २०१० मा रसियाको सेन्टपिर्सवर्गमा भएको बाघ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा नेपालले सन २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता अनुसार नेपालमा पनि बाघको संख्यामा वृद्धि गराउने प्रयास भईरहेको छ ।

शुक्लाफाँटामा लक्ष्य भन्दा पहिले नै बाघको संख्या दोब्बर भइसकेको छ ।

शुक्लाफाँटामा बाघको आहारा प्रजातीको प्रर्याप्तताले यसको संख्यामा वृद्धि भएको देखिन्छ ।

तथ्यांक अनुसार शुक्लाफाँटामा ७८ दशमलव ६२ प्रति वर्गकिलोमटिर आहारा प्रजातीको घनत्व छ ।

सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा रहेका १९८ बाघ रहेका छन् ।

चितवन निकुञ्ज र वर्दिया राष्ट्रिय निकुञ्ज पछि वढी बाघ पाईने शुक्लाफाटा घुम्न आउने पर्यटकहरुको पनि संख्या वढिरहेको छ ।

यसले वाईल्ड लाईफ एडभेन्चर फस्टाउने आशा पलाएका वेला राष्ट्रिय बाघ दिवसको सन्दर्भमा हामीले साप्ताहिक स्तम्भ सुन्दरपश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत तथा सुचना अधिकारी गोपालबहादुर घिमिरेसँग कुराकानी गरेका छौं ।

Exit mobile version