छाडा पशुको व्यवस्थापन सुरु

बैतडी, साउन १९, २०७५ ।

बैतडीको पाटन नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापन गर्न थालेको छ ।

छाडा पशुचौपायाका कारण पाटन बजार दुर्गन्धित हुन थालेपछि नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनको काम शुरु गरेको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।

पाटन नगरपालिकाले छाडा पशुचौपायलाई व्यवस्थापन गर्नका लागि तेश्रो पक्षसंग सम्झौता गरेर जिल्ला बाहिर पठाएको नगरप्रमुख चन्दले बताउनुभयो ।

बजारमा छोडिएका छाडा पशुचौपाया संकलन गरेर ४२ ओटा पशुचौपायालाई शुक्रबार जिल्ला बाहिर पठाइएको नगरपालिकाले जनाएको छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version