दोस्रो जिल्ला सभा सम्पन्न

कञ्चनपुर, साउन २३, २०७५ ।

जिल्ला समन्वय समिति कञ्चनपुरले आफनो दोस्रो जिल्ला सभा सम्पन्न गरको छ ।

प्रदेश नं. ७ का भौतिक विकास तथा योजना मन्त्री पठान सिह बोहराको प्रमुख आतिथ्यमा भएको सभामा कञ्चनपुर जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश सरकार बिच कसरी समन्वय गरेर अगाडी बढने भन्ने सम्बन्धमा छलफल भएको थियो ।

कार्यक्रममा कञ्चनपुर जिल्लामा रहेका नौ वटै स्थानिय तहका प्रमुख उप प्रमुख अध्यक्ष उपाध्यक्ष सहित जिल्लाका सबै प्रदेश नं.७का सांसदहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश नं.७ का भौतिक योजना तथा विकास मन्त्रि पठान सिह बोहराले प्रदेश सरकारले जनताले आभास गर्ने गरी विकासनिर्माण गरीरहेको भन्दै भारतसंग जोडिएको ब्रहम्देब क्षेत्रमा स्माट सिटी निर्माण गर्ने योजना प्रदेश सरकारले अगाडी बढाएको बताउनुभएको छ ।

सिंहदरबारको अधिकार प्रदेश र स्थानिय तहमा आएको भन्दै आफना अधिकार र विकासका योजना आफै निर्माण गर्ने उहाको भनाइ रहेको थियो ।

प्रदश सभाका सांसद र नगर प्रमुख उप प्रमुुखहरुले प्रदेश सरकार र स्थानिय तहबिच एक आपसमा समन्वय गरी कसरी विकास गर्ने भन्ने सन्दर्भमा छलफल भएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गको अध्यक्षतामा भएको थियो ।

Exit mobile version