गाई करणीको आरोपमा एक युवक पक्राउ

कैलाली, साउन २४, २०७५ ।

कैलालीको लम्कीचुहा नगरपालिका २ मोतीपुरमा गाई करणीको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

गोठमा बाधेको गाईलाई करणीको प्रयास गरिरहेका अवस्थामा रंगेहात समातेर प्रहरीको जिम्मा लगाईएको हो ।

राती २ वजेको समयमा गाईलाई वाँधेर करणीको प्रयास गर्ने क्रममा लम्की चुहा नगरपालिका–५ खरद्धारका विकास चौधरीलाई गाई मालिक पदमवहादुर बुढाले रंगेहात समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

केही दिनदेखि गाईको करणी हुँदै आएको शंका लागेपछि लुकेर वसेका गाईमालिक वुढाले चौधरीलाई समातेर सामान्य कुटपिट समेत गरेका छन् ।

लम्की चुहाका एक जना स्थानीय वासिन्दाको ट्याक्टर चलाउँदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय लम्कीमा वुझाईएकोमा थप कारवाहीका जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ ।

गाई करणीको आरोप लागेका चौधरीलाई कारवाहीको माग गर्दै मुद्धा दर्ता भएपछि करणी भएको ठोस आधार नभएको भन्दै उनलाई जिल्ला पठाएको हो ।

Exit mobile version