कैलालीका प्रहरी इकाईहरुमा चोरीका सवारी साधनहरु कवाडी बन्दै

धनगढी, साउन २५, २०७५ ।

ढुवानी साधनको अभावमा कैलालीका विभिन्न प्रहरी इकाईहरुमा वेवारिसे र चोरीका सवारी साधनहरु खिया खाएर थोत्रिन थालेका छन् ।

वरामद गरिएका चोरी र वेवारिसे भेटिएका सवारी साधनहरु भन्सारलाई वुझाउनु पर्नेमा ल्याउने सवारी साधन नहुँदा त्यसै खिया लागेर सिद्धिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मातहतका ईलाका प्रहरी कार्यालयहरुले वेवारीसे अवस्थामा छोडिएका र चोरिका सवारी साधन बरामद गर्दै आएपनि लिलामका लागि भन्सार कार्यालयमा ल्याउन नसक्दा थोत्रिन थालेका हुन् ।

धनगढी आसपासबाट बरामद हुने सवारी साधन जिल्ला प्रहरी कार्यालय मार्फत भन्सारलाई बुझाईने गरेपनि जिल्ला भरीका अन्य प्रहरी इकाईहरुबाट भन्सार सम्म ढुवानी गर्ने साधन नहुदा लामो समय देखी सवारी साधन चउरमै थन्किएर काम नलाग्ने वनिरहेका छन् ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख तथा प्रहरी नायब उपरिक्षक शिवबहादुर सिंहले ढुवानी साधन अभावमा भन्सार कार्यालयसम्म सवारीसाधन पु¥याउन नसकिएको बताए ।

भन्सार कार्यालयलाई वुझाएर सवारी साधन लिलाम भए वाफत सरकारले पाउने करोडौँको राजस्व ढुवानी गर्न नसकिदा सरकारले गुमाईरहेको छ ।

जिल्लामा रहेका विभिन्न प्रहरी इकाईमध्ये ईप्रका टीकापुरमा सबैभन्दा बढि ७२ वटा मोटरसाइकल भन्सार कार्यालयलाई बुझाउन बाँकी छ ।

इलाका प्रहरी कार्यालय जोशिपुरमा १ ट्रयाक्टर सहित २६ वटा मोटरसाइकल, इप्रका भजनी र इप्रका हसुलियामा ६÷६ मोटरसाइकल, इप्रका सुख्खडमा ४ मोटरसाइकल, इप्रका मसुरियामा २ वटा मोटर साईकल रहेका छन् ।

वरामद गरिएका सवारी साधनलाई कैलाली भन्सार कार्यालयसम्म पुराउन समस्या भईरहेका वलो विगतदेखि नै वरामद गरिएका सवारी साधन थन्काईदा वर्षेनी संख्या वढ्दै गएको छ ।

वषौँदेखि प्रहरीका विभिन्न ईकाईका परिसरमा थन्किएका सवारी साधनहरु भन्सार कार्यालय टाढा हुनु र ढुवानी साधन अभावमा बुझाउन नसकिदा राज्यलाई करौडोंको नोक्सानी भईरहेको प्रहरी अधिकारीहरु स्वीकार गर्छन् ।

लामो समयदेखि खिया लागे सिद्धिरहेका सवारी साधनलाई लिलामीको प्रक्रियामा लैजानका लागि भन्सारलाई वुझाईने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख उपरिक्षक विनोद घिमिरेले बताए ।

प्रहरीले पनि सवारी साधन थोत्रा हँुदासम्म चासो नदेखाउनुले करोडौँको राजश्व गुमिरहेको छ ।

त्यसैले अव वरामद गरिएकै समयमा लिलामी प्रक्रिया अगाडी वढाउन सके राज्यलाई प्राप्त हुने राजश्व वृद्धि हुने भएकोले यस तर्फ ध्यान दिन आवश्यक छ ।

Exit mobile version