घाईते दुई छोराको उपचारमा समस्या भएपछि दृष्टिविहिन दम्पतीकाद्वारा सहयोगको याचना

धनगढी, साउन ३१, २०७५  ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका शारीरीक अपाङ्गता भएका करन सिहँ साउदका दुई छोरालाई घरको पर्खालले च्यापेपछि उपचारमा समस्या भएको छ ।

घरमा सुतिरहेको समयामा भएको बर्षाले राती घरको पर्खाल भत्कीएपछि उनीहरु च्यापीएका हुन ।

एक डेढ बर्षको र अर्को ४ महिनाको साउदका छोराको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

४ महिनाको छोराका खुट्टा भाचिँएको भन्दै करनले सहयोगका लागि याचना गरेका हुन् ।

जन्मजात दृष्टिविहिन करनकी श्रीमती सुनीता पनि दृष्टिविहिन हुन, उनी पनि अस्पतालमै छन् ।

खुट्टा भाच्चिएकै दिन यहाँ आएका हौ, करनले भने–हामी यो अस्पतालमा आएदेखि सारै समस्यामा छौ ।

एक जनाका लागि त अस्पतालले खानाको व्यवस्था गरेको छ, छोराकी आमा र म शिवशक्तीमा खाना खादै आएका छौ, उनले भने कसैले दया गरेर पैसा दिए औषधी उपचारमा सहयोग हुने थियो ।

अस्पतालमा फार्मेसी त छ, त्यहाँ सबै प्रकारका औषधी पाउदैन, उनले भने बाहिरबाट औषधी खरिद गर्नुपर्छ ।

Exit mobile version