निर्मला पन्तको हत्या अभियोागमा पक्राउ परेका विष्टलाई स्वास्थ्य परिक्षणका लागि काठमाडौँ लगियो

धनगढी, भाद्र १२, २०७५  ।

कन्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका युवकको स्वास्थ्य परिक्षणका लागि काठमाडौ लगिएको छ ।

पक्राउ परेका भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विस्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरले आज स्वास्थ्य परिक्षणका लागि काठमाडौ पठाएको हो ।

आज विहान हवाईजहाज मार्फत काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कुवेर कडायतले बताए ।

उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरि सार्वजनिक गरेको थियो ।

उनको मानसिक अवस्था र अन्य स्वास्थ्य परिक्षणका लागि काठमाडौ लगिएको प्रहरी उपरिक्षक कडायतले बताए ।

Exit mobile version