निर्मला हत्या प्रकरणः केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोली अनुसन्धानमा खटियो

कञ्चनपुर, भाद्र १९, २०७५ ।

प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ ।

सो टोली कञ्चनपुर पुगेर घटनाको अनुसन्धानमा खटिएको छ ।

कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित समितिलाई थप सहयोग गर्ने गरी प्रवउ ज्ञवालीलाई घटनास्थलमा खटाइएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जानकारी दिए ।

“यसअघि गठित समितिलाई थप सहयोग गरी अनुसन्धानलाई प्रभावकारी बनाउन प्रवउ ज्ञवालीलाई घटनास्थल पढाइएको हो”, उनले भने ।

स्थानीय वासिन्दाले सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेपछि कञ्चनपुरका नागरिक समाज र पिडित परिवार लगायतले अपराधी पत्ता लाग्ने आश्वासनमा आन्दोलन स्थगन गरेका थिए ।

Exit mobile version