हेपाटाईटिस ‘बि’ फैलिएको आशंकामा मन्त्रालयको टोली डोटीमा

डोटी , भाद्र २५, २०७५ ।

डोटीको जोरायल गाउँपालिका वडा नं २ छतिवनमा हेपाटाईटिस ‘बि’ फैलिएको आशंकामा प्रदेश नं. ७ को सामाजिक विकास मन्त्रालयको टोली मंगलबार छतिवन पुगेको छ ।

छतिवनको रुपसकाँडा गाउँमा केही दिन यता हेपाटाईटिस ‘बि’ को सन्त्रास फैलिएपछि स्थानीयको बिशेष आग्रहमा डाक्टर विकास दुवाडी लगायत ५ जनाको टोली छतिवन पुगेको स्थानीय युवा भरत कुँवरले जानकारी दिनु भयो ।

हेपाटाईटिस ‘बि’ हो वा होइन पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्ने गरी प्राविधिक उपकरणसहित टोली छतिवन पुगेको डा. दुवाडीले बताउनु भयो ।

जोरायल गाउँपालिका वडा नं. २ का अध्यक्ष मानबहादुर मल्लका अनुसार सो गाउँका ७÷८ जनामा हेपाटाईटिस ‘बि’ प्रमाणित भईसकेको छ ।

हेपाटाईटिस ‘बि’ को आशंकामा सो गाउँका केही व्याक्तिले बाँकेको कोहलपुरमा र केहीले कैलालीको अत्तरीयामा रगत जाँच गराएको बुझिएको छ ।

रुपसकाँडा गाउमा ३ जना ब्यक्तीमा गएको २०७३ सालदेखी नै हेपाटाईटिस ‘बि’ रोग रहेको र उनिहरुले हाल औषधी सेवन गरिरहेको वडा अध्यक्ष मल्लले बताउनु भयो ।

झण्डै एक साता देखी फेरी उक्त गाउँमा हेपाटाईटिस ‘बि’ फैलिएको आशंकामा एक सय ५१ जनाले रगत परीक्षण गराएको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘ रुपसकाँडा गाउमा हेपाटाईटिस ‘बि’ फैलिएको छ भन्ने खबरले सबै गनउलेले आ आफनो रगत परिक्षण गराउन थालेका छन् रगत जाँचको रिपोर्टपछि सबै कुरो थाहा हुन्छ ।’

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version