निर्मला हत्या प्रकरण : निलम्बित एसपी बिष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण हुदै

धनगढी,  भाद्र २८, २०७५ ।

१३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा विवादमा तानिएपछि निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टको डीएनए परिक्षण सुरु गरिएको छ।

प्रहरी प्रधान कार्यालयले बालिका पन्त हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी  बिष्ट सहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष विष्टको पनि डीएनए परिक्षण सुरु गरेको हो।

गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मला साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा  उखुबारीमा मृत भेटिउकी थिईन्।

घटनाको सुरु देखि नै विवादित बनेका निलम्बीत एसपी विष्टले २६ दिनपछि मानसिक सन्तुलन ठिक नभएका  दिलिपसिंह विष्टलाई अभियुक्त बनाएर उभ्याएपनि स्थानीयले  विष्ट र उनका नातेदारमाथि नै शंका गरेका थिए।

डीएनए परिक्षणमा निर्दोष ठहर भएपछि दिलिपसिंह सरकारी वकिल कार्यालयको सहमतिमा जिम्मा जमानीमा छुटिसकेका छन्।

Exit mobile version