खोलामा बालिकाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेवस्थित गताडी खोलामा एक बालिकाको शव फेला परेको छ ।

भीमदत्त नगरपालिका ९ ब्रह्मदेवकी १० वर्षीया बालिका शितल विष्टको शव आइतबार बिहान खोलामा तैरीरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक भीमबहादुर दहालले बताए ।

उनका अनुसार मृतक बालिकाको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल राखिएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको उनले बताए ।

Exit mobile version