राजधानीका विषयमा अमर्यादित अभिव्यक्ति दिए कारवाही गर्ने प्रशासनको चेतावनी

धनगढी , आश्विन १२, २०७५ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले प्रदेशको राजधानी र नामाकरणलाई लिएर सामाजिक सन्जालमा अमर्यादित अभिव्यक्ति आईरहेकाले कारवाहीको चेतावनी दिएको छ।

प्रशासनले आज सुचना जारी गर्दै राजधानी र नामाकरणमा असन्तुष्टि जनाउँदै समाजिक सन्जालमा अमर्यादित अभिव्यक्ति आए कारवाही गर्ने चेतावनी दिएको हो। प्रशासनले विद्युतीय करोवार ऐन २०६३ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ।

Exit mobile version