धनगढी आन्दोलनमा २ जना पक्राउ

धनगढी , आश्विन १३, २०७५ ।

प्रदेश ७ को राजधानी धनगढीबाट गोदावरी सारेको बिरोधमा धनगढीमा भईरहेको आन्दोलनको नेतृत्व गर्ने एक जना र अर्का अटो रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राजधानी सारेको बिरोधमा धनगढीमा आजदेखि आम हड्तालको घोषणा गरिएको छ। धनगढीको ट्राफिक चौराहबाट राज बहादुर ऐर र अटो रिक्सा चालक रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ।

अटो चालकलाई पनि आन्दोलनकारी नै भनेर नियन्त्रणमा लिईएको बुझीएको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरीबहादुर वलीले जवरजस्ती सवारी साधनको हावा फुस्काउने र बन्द गर्दै हिड्नेलाई नियन्त्रणमा लिने आदेश भएको बताए।

Exit mobile version