निर्मला पन्त हत्या प्रकरण : एसपी विष्ट सहित तीन जनाको डीएनए पनि मिलेन

धनगढी , आश्विन १४, २०७५ ।

कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिष्ट सहित अन्य २ जनाको डिएनए रिपोर्ट आएको छ ।

निलम्बित प्रहरी उपरिक्षक विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुशको डिएनए परीक्षण गरिएकोमा तीनै जनाको डिएनए नमिलेको प्रहरी स्रोतले जनाएके छ।

एसपी बिष्टसहित उनका छोरा र मेयरका भतिजाको पनि डिएनए रिर्पोट नमिलेपछि दोषी पत्ता लगाउन झन कठिन हुने देखिएको छ।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरि सार्वजनिक गरेका दीलिप बिष्टको डिएनए पनि मेल नखाएपनि उनलाई रिहा गरिएको थियो।

Exit mobile version