गोदावरीमा बस दुर्घटना, एकको मृत्यु

कैलाली , आश्विन १५, २०७५ ।

कैलालीको  गोदावरी नगरपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्।

से १ ख १०२५ नम्बको बस नगरपालिकाको वडा नम्वर ९ बल्मीमा दुर्घटना भएको हो।

बसमा सबार गौरिगंगा नगरपालिका ४ कि ७५ बर्षिय इश्वरी देबी विनाडीको उपचारका क्रममा निधन भएको छ। घाईते ११ जनाको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ।

दुर्घटनामा घाईते हुनेहरुमा महेन्द्रनगरका दसरथ नाथ, सोही स्थानका शंकर सिंह धामी, कैलाली भुईयाफाटाका अनुप चौधरी, प्रदेश चौधरी, बौनिया लोहारपुरकी लक्ष्मी चौधरी, कैलाली बनबेहडाका बिन्दु राना, रुपन्देहीका राजकुमार चौधरी, चौमालाकी सपना चौधरी, पुष्पराज बिडारी, गौरीगंगा नगरपालिकाकै बनसराज चौधरी र कैलाली लोहारपुरकी हिमांशा चौधरी रहेको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ।

बस तिब्र गतीका कारण चालकले संतुलन गुमाउदा दुर्घटना भई बस सडक बाट तल झरेको प्रहरीले जनाएको छ।

Exit mobile version