निर्मला पन्त हत्या प्रकरण : न्याय माग्न अधिकारकर्मीको टोली धनगढी आउँदै

धनगढी , आश्विन १७, २०७५ ।

१३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्याय माग्नका लागि महिला अधिकारकर्मीको टोली प्रदेशको अस्थायी राजधानी धनगढी आउँदै छ।

महेन्द्रनगरमा आन्दोलनरथ महिला अधिकारकर्मीको टोली आज प्रदेशको मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा धर्ना दिन धनगढी आईरहेको हो।

घटना भएको ७० दिन सम्म पनि प्रहरी प्रशासनले दोषी पक्राउ गर्न नसकेको भन्दै महेन्द्रनगर, संघीय राजधानी काठमाडौँ लगायतमा स्थानमा चरणवद्ध आन्दोलन गरिसकेका महिला अधिकारकर्मीहरुले आज धनगढीमा धर्ना दिने अधिकारकर्मी हेलन श्रेष्ठले बताईन्।

Exit mobile version