सुविधा सम्पन्न भवनमा सरेको यातायात कार्यालयको सेवा प्रभावकारी भएन

धनगढी , आश्विन १९, २०७५ ।

विगतमा पर्याप्त भौतिक संरचनाको अभावले सेवा प्रवाहमा समस्या हुने गरेको दावी गर्दै आएको सेती अञ्चल यातायात व्यवस्था कार्यालयले नयाँ ठाउँ र संरचना पाएपनि सेवा प्रभावकारी बनाउन सकेको छैन्।

भवन अभावमा छिटो छरितो सेवा प्रवाह गर्न नसकेको दावी गर्दै आएको सेती अञ्चल यातायात व्यवस्था कार्यालय, साविकको ठाउँबाट तारानगरमा रहेको क्षेत्रिय पशु सेवा तालिम केन्द्रको सुविधा सम्पन्न भवनमा सारिएपनि सेवा प्रभावकारी हुन नसकेको हो।

यातायात कार्यालयमा विचौलियाकै हालीमुहाली कायमै रहेपछि सेवाग्राही सानो कामका लागि पनि घण्टौँ लाइनमा कुर्नुपर्ने लगायतका बाध्यता कायमै रहेका छन्।

पछिल्लो पटक कार्यालयले सेवा प्रभावकारी बनाउँनका लागि बैँक काउन्टर सञ्चालन गरेको छ।

तरपनि छिटोछरिता काम नहुदा समस्या हुने गरेको छ भने पार्किङको अभाव र साघुरो सडकका कारण थप सास्ती हुने गरेको गुनासो बढ्दो छ।

यातायात कार्यालयप्रती सेवाग्राहीका गुनासा नौला नभएपनि सुधार गर्नतर्फ खासै ध्यान नदिदा दिनप्रतिदिन अस्तव्यस्तता बढ्दै गएको छ।

यातायात व्यवस्था कार्यालयमा ढिलासुस्ती मात्रै होईन सवारी चलक अनुमती पत्र बनाउँदा हुने घोटालाहरु प्नि घट्न सकेका छैनन्।

यता, सेती यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिह थापाले सेवाग्राहीका गुनासालाई सम्बोधन गर्ने प्रयास गरिदै आएपनि विविध कारणले हुन नसकेको जवाफ बताए।

यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहत आएपछि त्यहाँ हुने अनियमितता भ्रष्ट्राचार, ढिलासुस्ती केही हद सम्म कम हुने आशा गरिएको थियो।

मन्त्रीहरुले पटक–पटक कायर्उालयको अनुगमन पनि गरेका छन्। तर यातायात कार्यालयको हालत भने पुरानै अवस्थामा रहेको छ।

Exit mobile version