अपराध रोक्न कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती

धनगढी , आश्विन २१, २०७५ ।

दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा हुने अपराध रोक्न कैलालीको सीमामा सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ।

सशस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गणका सशस्त्र पहरी निरिक्षक रामसिंह भण्डारीको नेतृत्वमा ३० जनाको टोलीले सिमा क्षेत्रमा गस्ती सुरु गरेको हो।

सीमा क्षेत्रमा हुन सक्ने अवैध चोरी निकासी, लुटपाट, डकैती, लागु औसध ओसारपसार, मानव बेचविखन लगायतका अपराधिक गतिविध नियन्त्रण गरि शान्ती सुरक्षा कायम राख्न आजदेखि गस्ती सुरु गरिएको हो।

कैलालीको घुईयाघाट, जुगेडा, फुलवारी, भित्तरीया, हसुलीया, पवेरा, रतनपुर, रामपुर सम्मको ईलाकामा ५ दिन गस्ती हुने सशस्त्र प्रहरीले जनाएको छ।

Exit mobile version